दाङ – दाङको शान्तिनगर गाउँपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहबरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगी छन् ।


ADVERTISEMENT


डाँगीले ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ । महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगेर बलात्कार गरेको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #