गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रिडिका अनुसार गए राति करिब २ बजे सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेक बाट कुतडाडा जाँदै गरेको ५३४० नम्बरको डबल क्याप जीप कुढडाँडामा दुर्घटना भएको हो ।


ADVERTISEMENT


दुर्घटनामा परी चार जनाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।  एक जनाको भने उपचार गर्न पाल्पा पठाएकोमा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा सत्यवती गाउँपालिका का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहडी , ४७ वर्षका रनबहादुर सिंजापती , वर्ष २५ का मिलन तरामु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख सइ कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।