काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् ।


ADVERTISEMENT


मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले पाँच हजार छ सय ६९ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


कूल २३ हजार ८७ मतगणना हुँदा दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले चार हजार ३९२ र लोकतान्त्रिक–वाम गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले तीन हजार नौ सय ५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रेष्ठले बताए। यस्तै एक हजार एक मत बदर भएको छ ।

काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ मतदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार २९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६०० मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । रासस