काठमाडौं – फिफा विश्वकप कतार २०२२ मा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । सोमबार राति खलिफा रंगशालामा भएको खेलमा इरानलाई इंग्ल्यान्डले ६-२ ले पराजित गरेको हो ।


ADVERTISEMENT


इंग्ल्यान्डको जितमा बुकायो साकाले २ गोल गरे । साथै जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रासफर्डले १-१ गोल गरे । इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वनामै सिमित बन्यो ।


ADVERTISEMENT

# # #


जितसँगै इंग्ल्यान्डले समूह बी मा ३ अंक जोडेको छ ।