काठमाडौँ – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।


ADVERTISEMENT


पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले एक हजार १६० मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार १२७ प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुबीच ३३ मतको अन्तर रहेको छ । अब दुईहजार ४५६ मत गन्न बाँकी रहेको छ।