कुनै पनि व्यक्तिमा ब्याक्टेरियल्स फंगल्सका कारण पिसाबको संक्रमणको समस्या देखापर्दछ । महिला पुरुष दुवैमा देखिने भएता पनि यस समस्याले प्रायजसोः महिलालाई बढि सताउँने गरेको पाइएको छ ।


ADVERTISEMENT


प्राकृतिक बनावट अनुसार नै, पुरुषमा मुत्रनली ठुलो र लामो भएता पनि महिलाको मुत्रनली जन्मजात रुपमै सानो अथवा ४ देखि ५ सेन्टिमिटरको मात्रै हुन्छ । जसकारण पनि महिलालाई बाह्य संक्रमण(दिसा गर्ने भाग एवम् अन्य बािहरी फोहोरका देखिने संक्रमण) ले बढि सताउँछ ।


ADVERTISEMENT

# # #


यसका लक्षणहरु

–लगाताररछिनछिनमै पिसाब लाग्नु
–पिसाब लागेपछि हतार हुनु
–पिसाब गर्दा गाहृो हुनु वा पोल्नु
–पिसाबमा रगत देखिनु
–पेटको तल्लो भागमा दुखाईको महशुस हुनु ।

संक्रमणका कारण

व्यक्तिमा पिसाब संक्रमण देखिनुपछाडि कुनै निश्चित एवम् ठोस कारण नभई यसका लागि विविध पक्षहरु जिम्मेवार रहेका हुन्छन् । त्यसमा पनि निम्न कारणहरु भने साझा रुपमा देखिएको पाइन्छ :

–लामो समयसम्म पिसाब रोकेर बस्नु
–फोहोर शौचालयको प्रयोग
–यौनजन्य संक्रमण
–यौनांगको उचित सरसफाईको कमी
–शरीरमा पानीको कमी हुनु
–अस्वस्थ्य मिर्गौला
–र, ब्ल्याडर संक्रमण ।

रोकथाम तथा उपचार

व्यक्तिलाई पिडासंगसंगै आर्थिक भारबाट समेत बचाउने भएकाले कुनै पनि रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी रहन्छ । यसर्थ पिसाब संक्रमणको सन्दर्भमा भन्नुपर्दा व्यक्तिले आफुमा यस्ता समस्या नदेखियोस् भन्नका लागि निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्दछः
–प्रशस्त पानीको सेवन गर्ने
–जथाभावी सार्वजनिक शौचालयको प्रयोग नगर्ने
–सफा शौचालयको मात्रै प्रयोग गर्ने
–लामो समयसम्म पिसाब रोकेर नबस्ने ।

यति गर्दागर्दै पनि व्यक्तिमा पिसाब संक्रमण भएको खण्डमा तुरुन्तै सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्दछ । र, समयमै गरिएको उपचारले व्यक्तिको पिडाको अवधि कम गराउनुको साथै आर्थिक बचतमा समेत सघाउ पु¥याउँछ ।

यस्तै, उपचारको दौरानमा व्यक्तिको युरिनको कल्चर तथा केहि आवश्यक टेस्ट, एक्स–रे तथा –अल्ट्रासाउण्ड) भिडियो एक्स–रे गर्नुपर्दछ । यस्ता सामान्य जाँचहरुद्वारा नै व्यक्तिलाई पिसाब संक्रमण भएको हो वा होइन भनेर पुष्टि गर्न सकिन्छ । र, पिसाब संक्रमणको पुष्टि भएसंगै व्यक्तिमा सो समस्या के कारणले देखाप¥यो ? भन्ने उचित कारणको पत्ता लगाई सोको उपचारको थालनी गरिन्छ ।

पिसाब संक्रमण कत्तिको सामान्य ?

जीवनका कुनै न कुनै कालखण्डमा विशेषगरी महिलाहरुलार्ई पिसाब संक्रमणले सताएको देखिन्छ । र, केहि उचित औषधि सेवन तथा हाईजिन(सरसफाई) तर्फ दिएको ध्यानले नै सो को निर्मूलीकरण गर्न सकिन्छ ।

तर, वर्षमै चार/पाँच पटकभन्दा बढी पिसाब संक्रमण हुनुले व्यक्तिको अवस्थ्य मिर्गौलातर्फ समेत संकेत गरिरहेको हुन्छ । तसर्थ त्यस्ता व्यक्तिको हकमा भने बिरामीमा संक्रमण कारणको पहिचान गर्दै अवस्थाअनुरुप लामो समयसम्म एन्टिबायोटिक औषधि समेत चलाउनुपर्दछ ।

एजेन्सी ।