काठमाडौं –  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन् । दुवै बै‌ंक मर्जको प्रक्रियामा रहेका छन् ।


ADVERTISEMENT


नेपाल इन्भेष्टमेन्ट बैंकको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश भएको हो ।


ADVERTISEMENT

# # #


इन्भेष्टमेन्ट बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार ३२३ रुपैयाँको ११ प्रतिशतले हुन आउने २ अर्ब १ करोड ३८ लाख २९ हजार ५४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी मेगा बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजार ४५३ रुपैयाँको ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । दुवै बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।