काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा १० अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ९० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जनमा करिव १ दशमलव ४३ प्रतिशतको वृद्धि देखिएको छ । त्यस्तै कम्पनीले ९ अर्ब ९३ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।


ADVERTISEMENT


चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी १७ करोड ५७ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ७० लाख ३३ हजार नाफामा थियो । नाफा २५ गुणाले वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


८ अर्ब २० करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा १ अर्ब ९९ करोड संचित छ । समिक्षा अवधिमा जगेडा कोष १२९ दशमलव ०४ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष १९ दशमलव ६४ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ४२ अर्ब पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसारकम्पनीले ३ अर्ब ९६ करोड कुल दावी भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड दावी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रति शेयर आम्दानी ८ दशमलव ५६ रुपैयाँ र प्रति शेयर नेट वर्थ १३४ रुपैयाँ ३९ पैसा छ ।