काठमाडौं – अहिलेको समयमा हामी सबै बिजुलीको उपलब्धता र सुविधाहरू संग अभ्यस्त भैसकेका छौं । बिजुली बिनाको हाम्रो जीवन हामी कल्पना पनि गर्न सक्दैनौं । बिजुलीको बढ्दो प्रयोग संगै विद्युतीय क्षति पनि बढ्दो छ । तर बिजुली संगै निम्तिने खतराहरूको अक्सर हामी बेवास्ता गरि रहेका हुन्छौँ । त्यसैले घर होस् या कल कारखाना, राम्रो गुणस्तरको वायरिङ्ग पाइपको प्रयोग गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।


ADVERTISEMENT


घर बनाउँदा मानिसहरु ईट्टा, सिमेन्ट, पाइप्स र फिटिङ् देखि लिएर इन्टेरियर–एक्स्टेरियर सम्म सबै कुराहरुको राम्रोसँग अध्ययन गर्छन् तर नेपालमा वायरिङ्गकै लागि छुट्टै किसिमको पाइप लगाउनुपर्छ भन्ने चेतना एकदमै कम छ । त्यसैले वायरिङ्गकै लागि बनेको पाइप प्रयोग गर्नुको सट्टा खानेपानीको लागि प्रयोग हुने पाइप अथवा कालो रंगको एच्डिपिइ पाइप प्रयोग भइरहेको पाइन्छ । तर यस्तो पाइपहरु वायरिङ्गको लागि बनेको नहुने हुँदा शर्ट सर्किट भएको खण्डमा यस्तो पाइपहरुले सुरक्षा दिन सक्दैन ।


ADVERTISEMENT

# # #


मंगलम वायरसेफ FRLS कन्ड्युट पाइप हो जुन आगो–प्रतिरोधी र धुवाँ कम गर्ने गुणहरू भएको तारको डक्टिङ ट्यूब हो । यी पाइपहरु निर्माण संरचनामा विद्युतीय तारहरू सुरक्षित बिछ्याउन कन्ड्युट फिटिंगसँग प्रयोग गरिन्छ । यसले बिजुलीको तारहरु बीच इन्सुलेट ब्यारियरको रूपमा सुरक्षा प्रदान गर्दछ । लामो समय सम्म टिकाउ यी पाइपहरु विशेष गरी, क्लोरिनेटेड पोलिविनाइल क्लोराइडलाई आगो लाग्न नदिन र धुवाँ उत्पादन सीमित गर्न इन्जिनियर गरिएको हुन्छ जसले गर्दा आगलागीबाट हुने मानवीय तथा धनसम्पत्तिको क्षति न्युनिकरणमा पनि टेवा पुग्छ ।

यस्तै दुर्घटनाहरु कम गर्ने उद्धेश्यले मंगलम पाइप्सले वायरसेफ FRLS पाइप बजारमा उपलब्द गराएको छ । वजनमा धेरै हल्का र किफायती यी पाइपहरु धेरै टिकाउ हुने हुँदा मर्मत सम्भारको झन्झट हुँदैन । यसको मुख्य विशेषता भनेको कोरोजन रेसिस्टेन्ट, आगो नलाग्ने, नओसिने र नकोरिने हो । यसको जोइन्ट र फिटिङ्स स्लिप–अन सल्भेन्ट वेल्डेड कनेक्सनले बनेको हुँदा यिनीहरु छोटो समयमा नै बलियोसँग जोडिन्छन् ।

मंगलमको वायरसेफ पाइपहरु १।३ मिमि देखि २.७ मिमि सम्मको मोटाईमा उपलब्ध छन् । यो लाइट, मेडियम र हेभी रेन्जमा २० देखी ३२ मिमि। मोटाइमा उपलब्ध छ । यसको पाइप्स र फिटिङ्सहरु क्ष्क् ढछघठस्घ मापदण्ड अनुसार बनाइएको छ । यस्तै टिकाउ, भरपर्दो, मजबुत र आगो प्रतिरोधी भएका कारण मङ्गलम पाइप्स सहि छ ।