काठमाडौं – युक्रेनी सीमा नजिकै मिसाइल खस्दा पोल्याण्डका दुई जनाको मृत्यु भएको छ । उनीहरूको मृत्युमा रूसी मिसाइल जिम्मेवार रहेको पोल्याण्ड सरकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले खबर लेखेको छ । तर, रूसले भने यसमा आफू जिम्मेवार नरहेको दाबी गरेको छ।


ADVERTISEMENT


घटनाको अमेरिका, बेलायत, युक्रेन लगायतका विभिन्न देशले विरोध गरेका छन्। युक्रेन युद्धको क्षतिपूर्ति तिर्नुपर्ने अन्तर्राष्ट्रिय समुदायको माग रूसले अस्वीकार गरेको छ।


ADVERTISEMENT

# # #


राष्ट्रसङ्घीय महासभाले हिजो एक प्रस्ताव पारित गर्दै आफ्ना गलत कदमको परिणाम रूसले सामना गर्नुपर्ने र युद्धको क्षतिपूर्ति दिनुपर्ने जनाएको हो।