काठमाडौँ– नेपालमा हाल आसन्न प्रतिनिधि सभा निर्वाचनको चटारो छ । यतिबेला स्वतन्त्रदेखि पार्टीका सबै कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमै व्यस्त छन् । तथापि यसै व्यस्तताको बीच पनि छिमेकी मुलुक चीनका पर्यटन उपमन्त्री ली छ्युन भने शुक्रवार नेपाल आउँदैछन् । चुनावी माहोलमा उनको नेपाल भ्रमण हाल सबैको जिज्ञासाको विषय बनेको छ ।


ADVERTISEMENT


यसै विषयमा बोल्दै पर्यटन मन्त्रालयका एक स्रोतले नेपालमा हाल कुनै पनि विदेशी उच्च स्तरीय भ्रमणका लागि उचित समय नरहेको बताए । ‘फेरि यस्तो बेला सरकारी तर्फबाट पनि उनलाई भ्रमणको निम्ति कसैले निम्तो दिएजस्तो लाग्दैन’, उनले भने ।


ADVERTISEMENT

# # #


तेस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपतिमा सी चिङपिङ पुनः नियुक्त भएपछि उनले नेपालमा आफ्नो पहिलो दूत पठाउन लागेको हुन् । यद्यपि निर्वाचनको मुखैमा आफ्नो प्रतिनिधिलाई नेपाल पठाउनुले चीन पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउने कसरत गरिरहेकोतर्फ संकेत गरेको केहि राजनैतिक बुद्विजीवीहरुको आकलन छ ।

नभन्दै उनको भ्रमणको उद्देश्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मिलाप रहेको अर्का एक उच्च स्रोतले जनाए ।

स्रोतले भन्यो, ’पर्यटन उपमन्त्री ली पुनःनिर्माण भएका सम्पदाहरूको अवलकोन गर्ने बहानामा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने योजनाका साथ नेपाल आउन लागेका हुन्। उनी नेपाल आएर गोप्य रूपमा प्रचण्ड, ओली र माधव नेपाललाई भेट्ने छन् । जसको चाँजोपाँचो काठमाडौंस्थित रहेको चिनियाँ दूतावासले आफ्ना एजेण्टहरूमार्फत मिलाइसकेको छ।’

मन्त्री ली आज बेलुकी साढे १० बजे ज्ञिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बुझिएको छ ।