काठमाडाैं – डेलाइट सेभिङ्ग टाइम (डिएसटी ) भनेको गर्मी महिनाहरूमा स्टानडर्ड टाईम (मानक समय)बाट एक घण्टा पछाडी समायोजन गर्ने एक अभ्यास हो । अर्थात् आज राती आइतबारदेखि समय परिवर्तन हुनेछ । यसलाई अमेरिकामा ”डेलाईट सेभिङ्ग टाइम ” नामकरण गरिएको छ ।


ADVERTISEMENT


मार्च, २०२२ मा अमेरिकी सिनेटले डेलाइट सेभिङ टाइम अरुणोदय बचत समयलाई स्थायी बनाउन मतदान गरेको थियो र यो द्विपक्षीय समर्थनमा सर्वसम्मतिले पारित भयो। तर, अमेरिकी तल्लो सदन सदन प्रतिनिधि सभाले पारित नगरेकोले यो विषय त्यतिकै अड्किएर रहेको छ ।


ADVERTISEMENT

# # #


आज राति २ बजे डेलाईट सेभिङ्ग टाइमको सुरु हुनेछ । अर्थात् घडीको सुइरोलाई २ बजे बनाएर सुत्नु पर्नेछ । अझ सरल भाषामा ,आइतबार,गत मार्च १३ ,२०२१ मध्य राती पछिको २ बजे (टु एएम)डेलाईट सेभिङ्ग टाइमको सुरु भएको थियो भने नोभेम्बर ६ आइतबार मध्य राती पछि उक्त एक घण्टा पछाडी आउनेछ । अरुणोदय बचत समय पुन आगामी मार्च १२ ,२०२३ मा सुरु हुनेछ ।

तसर्थ हामीले घडीको सुई १ घण्टा पछाडी बनाउनु पर्ने हुन्छ । हामीले शनिबार राती १ घण्टा पछाडी बनाउनु पर्ने हुन्छ । अर्थात् पुन: शरद ऋतुको प्रारम्भ हुनेछ ।

के हो यो वास्तविकता ?

आईतबार ,नोभेम्बर ६ को दिन डेलाईट सेभिङ्ग टाइम २ बजे सुरु हुनेछ ,र आफ्ना घडीहरु १ घण्टा पछाडी बनाउनुहोस् । यसलाई डेलाईट सेभिङ्ग टाइम भनिन्छ (एक बचन)  झुक्किएर पनि डेलाईट सेभिङ्गस् टाइम (बहुवचन)  नभन्नु होला ।

सन् २००७ देखि अमेरिकामा डेलाईट सेभिङ्ग टाइम (अरुणोदय बचत समय)सुरु मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार गरिएको हो ।

मार्च, २०२२ मा अमेरिकी सिनेटले डेलाइट सेभिङ टाइम (अरुणोदय बचत समय) लाई स्थायी बनाउन मतदान गरेको थियो र यो द्विपक्षीय समर्थनमा सर्वसम्मतिले पारित भयो। तर, अमेरिकी तल्लो सदन सदन प्रतिनिधि सभाले पारित नगरेकोले यो विषय त्यतिकै अड्किएर रहेको छ ।

ईतिहास यस्तो छ

१७८४ मा डेलाईट सेभिङ्गको प्रथम अवधारणा बेन्जामिन फ्रान्कलिनले ल्याएका हुन। १९१४-१९१८ सम्म बेलायत प्रथम बिश्व युद्धमा डेलाईट सेभिङ्ग टाइममा चलेको थियो । मार्च १९ ,१९१८ मा अमेरिकामा स्टान्डर्ड टाइम एक्ट (स्तरीय समय विधि) ले समय क्षेत्र तथा डेलाईट सेभिङ्ग टाइम स्थापित गर्यो ।

१९४५-१९६६ सम्म डेलाईट सेभिङ्ग टाइम सम्बन्धमा कुनै संघीय कानुन थिएन । १९७४- १९७५ सम्म कंग्रेसले एक घण्टा घडीको सुई पछाडी पारि उर्जा संकटमा सुरक्षित गर्न समय विस्तार गरेको थियो । १९८६-२००६ सम्म डेलाईट सेभिङ्ग टाइम अप्रिल महिनाको प्रथम आइतबारबाट सुरु हुने र अक्टोबरको अन्तिम आइतबार समाप्त हुने थियो ।

तर तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले अगस्त ८ ,२००५ मा उर्जा नीति नीतिमा हस्ताक्षर गरि बिधेयक बनेको थियो । त्यही समय देखि मार्चको दोश्रो आईतबार र अन्त्य नोभेम्बरको प्रथम आइतबार समाप्त हुने बनाईएको हो ।

डेलाईट सेभिङ्ग टाइम अमेरिकाका कुन ठाउँमा लागु हुदैन र कुन क्षेत्रमा यसको असर हुदैन । संयुक्त राज्य अमेरिकामा हवाई र एरिजोनाका अत्यधिक स्थानमा यसलाई अनुगमन गर्दैनन् । अमेरिकाका क्षेत्र (भूभाग) ग्वाम,पुर्टो रिको ,भर्जिन आइल्याण्ड,अमेरिकन समोआले यसलाई पालना गर्दैनन् ।

बिश्वका कुन कुन देशले यो संक्षेपमा (डिएलएस) पालना गर्छन त ?

बिश्व भर ७० वटा देशले यसलाई मान्दछन । भूमध्यरेखाका नजिक पर्ने देशले घडी मिलाई रहदैनन । चीन र जापानले पनि यसलाई मान्दैनन।