काठमाडौँ– वर्षकै सार्वाधिक प्रतिक्षित फिल्मको रुपमा रहेको फिल्म ‘कृ’को अन्ततः ट्रेलर सार्वजनिक भएको छ । उनी पहिलो पटक दोहोरो भूमिकामा आएका छन् । ट्रेलरमा अभिनेता अनमोल केसीको रोमान्टिक र एक्सन भूमिका देख्न सकिन्छ ।


ADVERTISEMENT


अनमोलले ‘डेब्यु’ नायिका अदिती बुढाथोकीसंग रोमान्स गरेका छन् ।


ADVERTISEMENT

# # #


द सुपर काजोल फिल्मस् र सुवास इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गरेको फिल्मको ट्रेलर आज एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसियाको अभिनय छ ।

सुवास गिरी र भुवन केसी निर्माता रहेको फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन छ । माघ २६ गते प्रदर्शनमा आउने यो फिल्मसँग निर्मात्री तथा कलाकार स्वेता खड्काको फिल्म ‘कान्छी’ जुध्ने चर्चा भए पनि ‘कान्छी’ एकसाता पछि सरिसकेको छ । ‘हामी कुनै फिल्मसँग जुध्न आएका थिएनौ । माघ २६ गते हामीले पहिले नै लक गरेको मिति हो । सोही अनुसार हामीले हलहरु पनि पक्का गरिसकेका थियौ ’ निर्माता गिरीले भने ।

फिल्मका कार्यकारी निर्माता कमल गिरी र सह–निर्माता श्री पराजुली रहेका छन् । निर्देशक पौडेलले दर्शकले ‘कृ’ लागि केहि समय पर्खनु परेपनि दर्शकको चाहना अनुसारको फिल्म बनेको बताए । अघिल्ला ४ फिल्ममा रोमान्टिक लुक्समा देखिएका अनमोललाई यो फिल्ममा रोमान्टिकसँगै एक्सन अवतारमा दर्शकले हेर्न पाउनेछन् ।

यस्तो छ फिल्म कृको ट्रेलर :