काठमाडौं-नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाए पनि मासिक ४२ करोड रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि निगमले गत साता पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासको मूल्य बढाएको थियो ।


ADVERTISEMENT


डिजेल र ग्यासमा घाटा खाएर बेच्नु पर्दा निगमले घाटा बेहोर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पढाएको मूल्य अनुसार समायोजन गरे पनि ग्यास प्रतिसिलिन्डर दुई सय २६ रुपैयाँ ७७ पैसा, डिजेल प्रतिलिटर दुई रुपैयाँ ७४ पैसा घाटा रहेको गोइतले बताए ।


ADVERTISEMENT

# # #


यसलाई आधार मान्दा ग्यासमा मासिक ५४ करोड १० लाख, डिजेलमा ३८ करोड ६६ लाख रुपैयाँ घाटा थियो । तर, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ५१ पैसाका दरले मासिक ६ करोड ३६ लाख रुपैयाँ, मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ ३२ पैसाका दरले हवाई इन्धन आन्तरिकतर्फ १२ रुपैयाँ ८४ पैसाका दरले सात करोड ५२ लाख, अन्तर्राष्ट्रियतर्फ २४ रुपैयाँ ८९ पैसाका दरले ३४ करोड रुपैयाँ नाफा रहेको छ । ‘तीनवटा प्रोडक्टमा नाफा छ,’ गोइतले भने, ‘दुई प्रोडक्टमा घाटा हुँदा कुल मासिक ४१ करोड ९६ लाख रुपैयाँ घाटा पुगेको छ ।’

आइओसीले मूल्य बढाएपछि निगमले इन्धनको मूल्य समायोजन गरेको थियो । पेट्रोलमा प्रतिलिटर दुई रुयैयाँ बढाएर एक सय, डिजेलमा प्रतिलिटर तीन रुयैयाँ बढाएर ७७ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर पाँच रुपैयाँ बढाएर ८७ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रतिकिलोलिटर एक सय डलर वृद्धि गरेर आठ सय ५० डलर, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुयैयाँ बढाएर १३ सय ५० रुपैयाँ पु¥याएको छ ।

मासिक एक अर्ब ६ करोड घाटा भएपछि मूल्य समायोजन गरेको निगमले जनाएको थियो । ‘मूल्य बढाउँदा पनि निगमलाई मासिक ४१ करोड ९६ लाख रुपैयाँ घाटा छ,’ गोइतले भने, ‘यहाँ मूल्य बढाए पनि भारतमा भन्दा सस्तो छ ।’