प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सबै क्षेत्रको परिणाम सार्वजनिक भएको छ ।


ADVERTISEMENT


यो चुनावबाट १६५ जना सांसद निर्वाचित भएका छन् । ती १६५ जनामध्ये २ जना मात्र यस्ता सांसद छन्, जसले अहिलेसम्म भाग लिएका सबै चुनाव जितेका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट र उपप्रधानमन्त्री विजय गच्छदारले सुनसरी–३ बाट चुनाव जितेपछि उनीहरू छैठौं पटक संसदमा पुगेका छन् ।

नेपालको संसदीय चुनावमा यो उनीहरुको रेकर्ड हो। उनीहरुले २०४८, २०५१, २०५६ का आमनिर्वाचन र २०६४ र २०७० का संविधान सभा चुनाव जितेका छन् ।

पाँचौ पटकसम्म संसदमा पुगेका कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल भने यसपालि पराजीत भएका छन् ।