काठमाडौं-ताप्लेजुङको याङ्वरक गाउँपालिकाको एक घरमा आगलागि हुँदा तीन लाख बराबरको क्षति भएको छ । याङ्वरक गाउँपालिका–५ बस्ने पदमलाल तिम्सिनाको फुसको छानो भएको एकतले घरमा मंगलबार बेलुका आगलागी भएको हो ।


ADVERTISEMENT


बेलुका करिब सवा ५ बजे अचानक भएको आगलागीबाट तिम्सिनाको एक तले घर, घरभित्र रहेको अन्नपात, भाँडा–वर्तन, लत्ताकपडा, गाईगोठ जलेर नष्ट हुँदा २ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।


ADVERTISEMENT

# # #


आगो प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी थुम्बेदिनले जनाएको छ ।