काठमाडौं-आइतबार रातिदेखि स्थगित भएको सर्लाही ४मा मंगलबार बिहानदेखि फेरि मतगणना सुरु भएको छ। बिहान साढे सात बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकेन्द्रप्रसाद सुवेदीले जानकारी दिए। यो क्षेत्रमा कांग्रेस नेता अमरेशकुमार सिंह र राजपाका राकेशकुमार मिश्र प्रतिनिधि सभा उम्मेदवार बनेका छन्।


ADVERTISEMENT


पछिल्लो मतपरिणाममा मिश्रसिंह भन्दा ४ सय मतले अगाडि छन्। अझै आधा बढी मत गन्न बाँकी छ।


ADVERTISEMENT

# # #


यसैबीच उपप्रधानमन्त्री विजयकुमार गच्छदार उम्मेदवार रहेको सुनसरी ३ मा भने हिजोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन।

मतपत्रमा पैसा भेटिएको विषयलाई लिएर बढेको विवाद नसुल्झिँदा मतगणना स्थगीत भएको हो।

२० हजार मत गन्न बाँकी रहँदा त्यहाँ एमाले उम्मेदवार भगवती चौधरी १५५ मतले अगाडि छन्। प्रतिनिधि सभामा अब छ स्थानको मतपरिणाम आउन बाँकी छ। अन्य चार स्थानमा मतगणना जारी छ।