काठमाडौं-प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा पनि प्रत्यक्षमा जस्तै नेकपा एमालेकै अग्रता देखिएको छ । सोमबार राति अबेरसम्मको परिणामअनुसार एमालेले ६९६६९६ मत पाएको छ । प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको कांग्रेसले समानुपातिकमा एमालेलाई पछ्याएको छ । उसले ६६१७०८ मत ल्याएको छ ।


ADVERTISEMENT


यस्तै माओवादी केन्द्रले ३०३२६३, संघीय समाजवादी फोरम नेपालले ४०१६१, विवेकशील साझा पार्टीले ३९९४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३८३८४, राष्ट्रिय जनता पार्टीले ३०६१२ र नयाँ शक्ति पार्टीले २७७७७ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #