काठमाडौं-प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ।


ADVERTISEMENT


३० गतेभित्र सबै जिल्लाबाट समानुपातिकतर्फको मत गणना भएर काठमाडौं आइपुग्छ, आयोग प्रवक्ता नवराज ढकालले भने, त्यसपछि समानुपातिक सिटका लागि सुत्र लगाएर मत विभाजन हुन्छ ।


ADVERTISEMENT

# # #


समानुपातिकतर्फको पछिल्लो परिणाममा प्रत्यक्षतर्फ पहिलो स्थानमा रहेको एमाले तेस्रो स्थानमा रहेको काँग्रेससँग झिनो अन्तरले मात्र अगाडि छ । सोमबार बिहानसम्म समानुपातिकतर्फ एमालेको ३ लाख १६ हजार ९९४ मत छ । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको काँग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । काँग्रेसको ३ लाख १२ हजार २१६ मत पाएको छ । दुई दलबीचको मत अन्तर मात्र ४ हजार ७१६ रहेको छ ।

१ लाख ५० हजार ५१० मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ।

तराई केन्द्रित राष्ट्रिय जनता पार्टी २२ हजार २१६ मत ल्याएर चौथो स्थानमा छ । भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको विवेकशील साझा पार्टी समानुपातिकतर्फ पाँचौं स्थानमा छ । विवेकशील साझाको तराजु चिन्हमा १५ हजार ४७ मत परेको आयोगले जनाएको छ ।