काठमाण्डौं-प्रतिनिधि सभामा राजमोले प्यूठानबाट खाता खोलेको छ । वाम गठबन्धनकी उम्मेदवार राजमोकी दुर्गा पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन् ।


ADVERTISEMENT


उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. गोविन्दराज पोख्रेललाई फराकिलो मतअन्तरले हराउँदै जित हात पारिन् । पौडेलले ४७ हजार पाँच सय १४ मत पाएकी छन् ।


ADVERTISEMENT

# # #


प्रतिद्वन्द्वी पोख्रेलले ३१ हजार दुइ सय ८६ मत ल्याए । मतअन्तर १६ हजार दुई सय २८ छ ।

जिल्लाका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रकी साझा उम्मदेवार पौडेल जिल्लाबाट पहिलो पटक निर्वाचित महिला सांसद भएकी छन् । उनी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी पत्नी हुन् ।

प्रतिद्वन्द्वी पोख्रेल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका ‘सिईओ’ पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका थिए ।