काठमाण्डौं-राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै एमालेका कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट जितेका दाहालले हालका ऊर्जामन्त्री थापाविरुद्ध जितको ह्याट्रिक पुरा गरेका छन् ।


ADVERTISEMENT


दाहालले ५ हजार ९७३ मतान्तरले थापालाई हराएका हुन् । दाहलले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।


ADVERTISEMENT

# # #


निर्वाचन पूर्वसन्ध्यामा ऊर्जामन्त्री रहेका थापाले हेटौंडा बजारबाट राजमार्ग सार्ने निर्णय गराएपछि दाहाललाई थापाविरुद्ध जित निकाल्न असहज हुने अनुमान गरिएको थियो ।

राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उनी तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।

यसपटक बाम गठबन्धनको साझा उम्मेदवार बनेका दाहालले कांग्रेसाग गठबन्धन गरेका थापालाई पराजित गरेका हुन् ।