काठमाण्डौं-चितवनका ३ वटै निर्वाचन क्षेत्रको जारी मतगणनामा वाम गठवन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभातर्फ क्षेत्र नम्बर ३ (क)मा भने कांग्रेस युवा नेता दिनेश कोइराला अगाडि छन् । भरतपुरस्थित चितवन माविको भवनमा मतगणना जारी छ । गणनाको प्राप्त पछिल्लो परीणाम अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कांग्रेसका राजेन्द्र वुर्लाकोटीलाई १ हजार ६४५ मतले पछि पारेका छन् ।


ADVERTISEMENT


पाण्डेले ४ हजार ५३९ मत ल्याउँदा बुर्लाकोटीले २ हजार ८९४ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यस्तैं, चितवन निर्वाचन क्षेत्र नम्बर २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेस नेता शेषनाथ अधिकारीलाई पछि पारेका छन् । पोखरेलले २ हजार ९ सय ७७ मत ल्याएका छन् भने अधिकारीको मत १ हजार ३ सय ८३ छ । यसैगरी सबैभन्दा चर्चामा रहेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अग्रता बढाउँदै लगेका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार प्रचण्डले ४ हजार ३ सय १४ मत ल्याउँदा कांग्रेसको समर्थनमा उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले २ हजार ५ सय ६८ मत ल्याएका छन् । पाण्डेभन्दा प्रचण्ड १७ सय ४६ मतले अघि छन् ।

प्रदेशसभाको ५ क्षेत्रमा वाम गठबन्धन अगाडि

प्रदेशसभातर्फ चितवन क्षेत्र नम्बर १ (क) मा एमालेका दावा दोर्जे लामाले २ हजार ३ सय ११ मत र नेपाली कांग्रेसका धनबहादुर गुरुङले १ हजार ६ सय १३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर १ को (ख) मा नेकपा एमालेका कृष्णप्रसाद खनालले ५ हजार ३ सय ३२ र नेपाली कांग्रेसका उत्तम आचार्यले ४ हजार १ सय १५ मत ल्याएका छन् ।

क्षेत्र नम्बर २ को (क) मा नेकपा माओवादी केन्द्रका घनश्याम दाहालले ६ हजार ३ सय ११ मत ल्याउँदा कांग्रेस चितवनका सभापतिसमेत रहेका जितनारायण श्रेष्ठले ४ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर दुईको (ख) मा नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६ सय १४ मत र नेपाली कांग्रेसका प्रकाश अधिकारीले २ हजार ४ सय १६ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ को ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कोइराला अघि छन् । एमालेका कृष्ण भुर्तेलले ४ हजार ९ सय ७१ मत ल्याउँदा कांग्रेस युवा नेता कोइरालाले ५ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ को (ख) तर्फ नेकपा माओवादी केन्द्रका रामलाल महतोले ५ हजार ३ सय ४४ मत र नेपाली कांग्रेसका साजन महतोले ३ हजार १ सय ६७ मत ल्याएका छन् ।

चितवन जिल्लामा कूल मतदाता ३ लाख ५४ हजार ३६ जना छन् । क्षेत्र नम्बर १ मा ८९ हजार ७ सय ४६, क्षेत्र नम्बर २ मा ७७ हजार ४ सय ७६ र क्षेत्र नम्बर ३ मा ९३ हजार ८ सय २६ मत खसेको