काठमाडौँ– कुसोम फाइनान्स क्लबद्वारा आयोजित ‘इन्टर कलेज स्टक पिचिङ कम्पिटशन’ का विजेतालाई प्रभु सेलेक्ट फण्डबाट पुरस्कृत गरिएको छ । प्रभु क्यापिटल मुख्य प्रायोजक रहेको सो प्रतिस्पर्धाका विजेतालाई प्रभु सेलेक्ट फण्डबाट पुरस्कृत गरिएको हो ।


ADVERTISEMENT


काठमाडौं युनिर्भसिटी, धुलिखेलमा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्नु रहेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार, संस्थाले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यसअघि पनि समयसमयमा शेयर सचेतना अभिवृद्धिका लागि विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


ADVERTISEMENT

# # #


सोही अन्र्तगत भएको उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये ‘बाई’ अथवा ‘सेल’ का लागि विभिन्न मौलिक र प्राविधिक विश्लेषणमा आफ्नो प्रस्तुति दिएका थिए । उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहनुका साथै कुसुम कलेजका सहायक प्राफेसर पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए ।

प्रतियोगितामा टिम ‘स्टक जेम्स’ पहिलो विजेता भए भने दोस्रो विजेता टिम ‘स्वीप्रबी’ घोषित भएका छन् । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको रु १० हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम रु ५ हजार बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।