काठमाण्डौं-विभिन्न जिल्लामा वाम गठबन्धनभन्दा पछाडि परेको नेपाली कांग्रेसले रुपन्देहीमा भने वाम गठबन्धनसँग चर्को प्रतिस्पर्धा गरेको छ । यो जिल्लामा प्रतिनिधिसभातर्फ कांग्रेस र एमालेले २-२ स्थानमा अग्रता कायम गरेका छन् । संघीय समाजवादी फोरमले एक स्थानमा अग्रता लिएको छ ।


ADVERTISEMENT


रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले क्षेत्र नं. ४ र ५ मा अग्रता लिएको छ । एमालेले क्षेत्र नं. २ र ३ मा अग्रता लिएको छ । फोरमले क्षेत्र नं. १ मा अग्रता कायम गरेको छ ।


ADVERTISEMENT

# # #


रुपन्देहीको क्षेत्र नं. १ मा संघीय समाजवादीका उम्मेदवार विद्याप्रसाद यादवले १३३३ मत ल्याउँदै अग्रता कायम गरेका छन् । यादवलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रज्जाकले १३२० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले १०८५ मत ल्याएका छन् ।

क्षेत्र नं. २ मा एमाले उम्मेदवार विष्णु पौडेलले ७५३३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । कांग्रेस उम्मेदवार युवराज गिरीले ३३५७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. ३ मा नेकपा एमालेका घनश्याम भुसालले ३८७८ मत ल्याएर दीपक बोहोरालाई पछाडि पारेका छन् । राप्रपा प्रजातान्त्रिकका बोहोराले ३३९३ ल्याएर भुसाललाई पछ्याइरहेका छन् । त्यस्तै, संघीय समाजवादी फोरम नेपालका उम्मेदवार महेन्द्र यादवले २२७३ मत ल्याएका छन् ।

रुपन्देही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादव अगाडि छन् । यादवले २८०० मत ल्याउँदै अग्रता कायम गरेका छन् । प्रतिस्पर्धी राजपा उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले १८५७ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार ओमप्रकाश यादव (गुल्जारी) ले ४५६ मत पाएका छन् ।

रुपन्देही क्षेत्र नं.५ बाट पनि कांग्रेस उम्मेदवार भरतकुमार साहले अग्रता कायम गरेका छन् । उनले २५४६ मत ल्याएका छन् भने माओवादी केन्द्रका उम्मेदवार डिलाराम आचार्यले १४०० ल्याएका छन् । यहाँ संघीय समाजवादी फोरमका उम्मेदवार मुहम्मद वकिल मुसलमानले १३४४ मत ल्याएका छन् ।