काठमाण्डौं-कालीकोटको प्रदेश (क) को मतगणना सम्पन्न भएको छ । प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका कुर्मराज शाही भारी मत ल्याएर विजयी भएका छन् ।


ADVERTISEMENT


शाहीले ११ हजार ९३५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका टेकबहादुर शाहीले चार हजार ४८९ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


यहाँ नेपाल मजदुर किसान पार्टीले ११ सय १० मत ल्याएको छ भने मालेले ३९६, नयाँ शक्तिले १०० र जनमोर्चाले ४२ मत ल्याएको छ ।