काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो चरणमा मतदान भएका ३२ जिल्लाका ३७ क्षेत्रमध्ये सवैभन्दा बढी चर्चामा रहेका क्षेत्रको प्रारम्भिक मत परिणाम आउने क्रममा छ । जसमध्ये एक जिल्ला पुर्वी रुकुम र मनाङको परिणाम आइसकेको छ ।


ADVERTISEMENT


रुकुममा माओवादी केन्द्रका उम्मेदवार कमला रोक्का र मनाङमा पाल्देन छोपाङ गुरुङ विजयी बनेका छन् । पश्चिम रुकुममा केन्द्रकै उम्मेदवार जनार्दन शर्माले कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहलाई फराकिलो मतान्तरले अगाडि लागेका छन् । पछिल्लो मतपरिणाम अनुसार शर्माले १४४१२ मत ल्याउदा शाहले ५८२९मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी अर्को चर्चामा रहेको गोरखा २ मा नयाँशक्तिका बाबुराम भटराईले ६५३४ मत ल्याउँदा बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले ५३९९ मत ल्याएका छन् । यहाँ कहिले श्रेष्ठ अगाडि त कहिले भट्टराई अगाडि हुने गरेका छन् ।

चर्चामै रहेको नुवाकोट १ मा बाम गठबन्धनका हितबहादुर तामाङ र कांग्रेसका डा। रामशरण महतवीच प्रतिसपर्धा भइरहेको छ । यहाँ तामाङले ५०९९ मत ल्याउदा महतले ४२१० मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं २ मा बाम गठबन्धनका नारायण खतिवडा र कांग्रेसकै अर्जुननरसिंह केसीबीच भिडन्त भइरहेको छ । यहाँ खतिवडाले ५६१८ मत ल्याउदा केसीले ३५९० मत लाएका छन् ।

अर्को चर्चामा रहेको जिल्ला हो सिन्धुपाल्चोक । यो जिल्लाको क्षेत्र नं २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा र एमालेका शेरबहादुर तामाङबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

तामाङले ८६४१ मत ल्याउदा राणाले ८००९ मत ल्याएका छन् । त्यस्तै सिन्धुपाल्चोककै १ नम्बर क्षेत्रमा बाम गठबन्धनका अगिनप्रसाद सापकोटा र कांग्रेसका मोहन बस्नेतबीच प्रतिस्पर्धा हुदैछ ।

जसमा सापकोटाले सुरुवाटै अग्रता कायम राखेका छन् । सापकोटा ४ हजार मतअन्तरले अघि छन् । सापकोटाले ९ हजार ४३४ मत ल्याउदा बस्नेतले ५३१८ मत ल्याएका छन् ।