काठमाण्डौं-चितवनको मतगणनाको अन्तिम तयारी भएको छ । बिहान १० बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकमा सहमति भएको छ । तर, उम्मेदवारहरुले आफ्ना प्रतिनिधिको नामावली दिन ढिलाइ गरेकाले गणना सुरु हुन सकेको छैन ।


ADVERTISEMENT


मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले भने, ‘मतगणनाको सबै तयारी सकिएको छ । केहीबेरमै सुरु हुन्छ ।’


ADVERTISEMENT

# # #


उनका अनुसार चितवनका तीनवटै निर्वाचन क्षेत्रको मतगणना चितवन उच्च मावि भरतपुरमा हुँदैछ । चितवन क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेकाले धेरैको चासो छ ।