इलाम– जिल्लाका १० वटा स्थानीय निकायमा स्थानीय निकायको निर्वाचनका लागि १४४ वटा मतदानस्थल निर्धारण गरिएको छ ।


ADVERTISEMENT


मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १४४ वटा मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताए ।


ADVERTISEMENT

# # #


जिल्लाका छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा नयाँ स्थानीय निकायका संरचनामध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्योदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र देउमाई नगरपालिकामा १८ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

यसैगरी, चुलाचुली गाउँपालिकामा नौवटा, फाक्फोकथुम गाउँपालिकामा १४ वटा, रोङ गाउँपालिकामा १३ वटा, माङसेबुङ गाउँपालिकामा १० वटा, माइजोगमाई गाउँपालिकामा ११ वटा र सन्दकपुर गाउँपालिकामा १३ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

संविधानसभाको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा १८ वटा मतदानस्थल बढी कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।