काठमाडौं – सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ । इन्धनको बजार मूल्य बढेकाले असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।


ADVERTISEMENT


विभागका अनुसार यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारी साधनमा २।६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।


ADVERTISEMENT

# # #


यसअघि यातायात विभागले गत चैत १२ गते यातायातको भाडा बढाएको थियो । पछि इन्धनको मूल्य घटेपछि असार १२ गते यातायातको भाडा घटाइएको थियो । तर असार २० गतेको डिजलको बजार मूल्य १६३ रुपैयाँ प्रतिलिटरबाट बढेर १७२ रुपैयाँ पुगेपछि भाडा बढाउनु परेको विभागले जनाएको छ ।

बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा संचालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।