काठमाण्डौं-सिन्धुपाल्चोकमा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाम रोचक बन्दै गएको छ । क्षेत्रनम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटाले कांग्रेसका मोहनबहादुर बस्नेतसँग मतअन्तर फराकिलो बनाउँदै लगेका छन् ।


ADVERTISEMENT


उता क्षेत्र नम्बर २ मा एमालेका शेरबहादुर तामाङसँग राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाको कडा टक्कर परेको छ । कहिले राणाले त कहिले तामाङले अग्रता लिने गरेका छन् ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहान ६ बजेसम्मको परिणामअनुसार पूर्वसञ्चारमन्त्री समेत रहेका अग्नि सापकोटाले वर्तमान सञ्चारमन्त्रीसमेत रहेका बस्नेतलाई ३ हजार ३ सय भन्दा बढी मतले पछि पारेका छन् । सापकोटाले ७ हजार ६६६ र बस्नेतले ४ हजार ३०५ मत पाएका छन् ।

क्षेत्रनम्बर २ मा केहीबेर अघिसम्म पछि परेका शेरबहादुरले बिहान पुनः अग्रता लिएका छन् । उनले ७ हजार ६३१ मत पाउँदा राप्रपा प्रजातान्त्रिकका राणाको ७ हजार १४१ मत पाएका छन् ।