काठमाडौं – ग्लोबल स्मार्टफोन ब्रान्ड भिभो आगामी नोभेम्बर २१ देखि कतारमा हुने विश्वकप फुटबलको आधिरिक प्रायोजक बनेको छ । फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको भिभोले फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको हो ।


ADVERTISEMENT


यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवर्धनहरू संचालन गर्नेछ । यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्डब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण रहेको बताए । उनले भने, “सुन्दर खेल भनेर चिनिने फुटबलसंग उमेर, जात, लिङ्ग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ ।”

उनले फुटबल विश्वकपको विश्वव्यापी पहुँच रहेको र यसले अर्बौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने भएकाले फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउने बताए ।

उनले थपे, “हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ । यो साझेदारीले खेलकुदलाई प्रवर्द्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ । जसले लाखौं मानिसहरूलाई आनन्दित तुल्याउदैं विश्वभरका उपभोक्ताहरूका लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ ।”