काठमाण्डौं-धरानको भानु चोकनजिकै परेली होटेल एन्ड लजमा वेटर काम गर्दै आएकी भावना मगरको बुधबार बिहान हत्या भएको छ । मंगलबार धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटेलको ‘स्टाफ रुम’मा बसेकी भावनाको शव हत्या गरेको अवस्थामा फेला परेको हो । उदयपुर बेलका नगरपालिकास्थित रामपुर ठोक्सिला घर भएकी २४ वर्षीया भावना दुई वर्षदेखि होटेलमा काम गर्दै आएकी थिइन् ।


ADVERTISEMENT


जन्मदिन मनाउन मंगलबार भावना प्रेमीसँगै बगरकोट गएको र राति होटेलमा फर्किएका उनीहरूबीच बिहान ४ बजेसम्म झगडा भइरहेको अर्की कामदार आशा राईले सुनाइन् । प्रेमीले उनको हत्या गरी शव पंखामा झुन्ड्याएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै चिकित्सकसहितको टोलीका साथमा घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले बताए।


ADVERTISEMENT

# # #


भावनाको हत्यामा संंलग्न अभियुक्त शंकरलाई पक्राउ गरिसकिएको उनले जानकारी दिए । प्रहरीले होटेल सञ्चालक लीलाकुमार बस्नेतलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।