जनकपुर – मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि असार २० गतेदेखि छलफल हुने भएको छ । मधेस प्रदेशसभाको बैठक असार २० गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।


ADVERTISEMENT


बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । गत असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९र०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


त्यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेशसभाको बैठक स्थगन गरेको थियो ।

प्रतिकृया

प्रतिकृया