काठमाडौँ – आसन्न क्यानडा भ्रमण र विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिसीय अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।


ADVERTISEMENT


क्यानले सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । जसमा युवा खेलाडी वासिर अहमेद पहिलो पटक एकदिवसीय टोलीमा परेका छन् । यसअघि जिम्बाब्बेको ए टोलीविरुद्ध नेपाली टोलीबाट खेले पनि उनले अन्तर्राष्ट्रिय खेलमा भने डेब्यू गर्न बाँकी नै छ ।


ADVERTISEMENT

# # #


यस्तै अलराउन्डर पवन सर्राफाले नेपाली टोलीमा पुनरागमन गरेका छन् । यसअघि अमेरिका भ्रमणमा रहेका स्पिनर सागर ढकाल, सुसन भारी, ओपनरद्वय सुनिल धमला र सुवास खकुरेल टिमबाट बाहिरिएका छन् ।

स्कटल्याण्ड सिरिजको तयारीका लागि नेपाली टोली मंगलबार बिहान क्यानडा प्रस्थान गर्दैछ । जहाँ नेपालले जुलाई १ मा क्यानडाको ओन्टारियो क्लबसँग अभ्यास खेल खेल्नेछ भने जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग २ एकदिवसीय खेल खेल्नेछ ।

नेपालले जुन ८–१५ सम्म अमेरिकामा घरेलू टोली र ओमानसँग त्रिकोणामक सिरिज खेलेको थियो । ४ खेलमध्ये अमेरिकासँग पहिलो खेलमा हारेको नेपालले दोस्रो खेल रोमाञ्चक रुपमा बराबरी गरेको थियो । यस्तै ओमानसँग पहिलो खेलमा हार र दोस्रो खेलमा जित हात पारेको थियो ।

नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान) कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमत, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी (विकेटकिपर) ।

यस्तो छ लिग-२ को अवस्था

७ राष्ट्रसम्मिलित विश्वकप लिग २ मा मा प्रत्येक टोलीले ३६ वटा एकदिवसीय खेल खेल्ने तालिका रहेको छ । जस अनुसार नेपालले हालसम्म १६ खेले खेलेको छ । जसमा ७ जित, ८ हार र १ बराबरी खेल्दै १५ अंकका साथ पाँचौँ स्थानमा रहेको छ ।

यता स्कटल्याण्ड २० खेलमा १३ जित र ५ हार तथा २ अनिर्णित खेलमा २८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै नामिबियाले १४ खेलमा ७ जित र ७ हार व्यहोर्दा १४ अंककासाथ नेपालपछि छैटौँ स्थानमा रहेको छ ।

यता ओमानले सबै ३६ खेल खेलेर २१ जित र १३ हार तथा १ बराबरी र १ अनिर्णित खेल खेल्दै ४४ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पपुवा न्यूगिनीले २० खेल खेल्दा १ जित र १९ हारसहित २ अंक ल्याएर पुछारमा रहेको छ ।