काठमाडौं – नेकोस डोरीतान संघको आयोजनामा ग्यालेक्सी पब्लिक स्कुलमा डोरीतान प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको अध्यक्षता नेकोस डोरीतान संघको अध्यक्ष सुर्य भट्ट्राइले गरे ।
प्रतियोगिताको प्रमुख अतिथि भवानी प्रसाद पौडेलले गरेका थिए भने डोरीतान यसीया फेड्रेसनका बरिष्ठ उपाध्यक्ष तथा प्रदेश सभा सदस्य एवं एमाले नेता गणेस दुलालले विशिष्ठ आतिथ्यता ग्रहण गरेका थिए ।
त्यसैगरी अतिथिहरुमा केशव ओली, प्रीन्सिपल सुरिना गुरुङ र रेस्मा घिमिरे लगायतको महत्वपूर्ण सभागिता रहेको थियो । प्रतियोगिताको विजेता र उपबिजेताहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीयको छ ।