काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।


ADVERTISEMENT


बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संघका नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायत अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यले पदको शपथ लिएका हुन् । एन्फाको निर्वाचन समितिले नेम्वाङ सहित पदाधिकारीलाई शपथ खुवाएको थियो ।


ADVERTISEMENT

# # #


सोमबार भएको निर्वाचनमा नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नेम्वाङ सहित वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षहरुमा दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही र दुर्गाबहादुर केसी कुमार निर्वाचित भएका थिए । सपथपछि नवनिर्वाचित अध्यक्ष नेम्वाङले संस्था र फुटबललाई बलियो बनाउन आफ्नो ध्यान केन्द्रीत हुने बताए । उनले निर्वाचनमा हार जित स्वभाबिक भएको भन्दै सवैको सुझावलाई मनन गरिने धारणा राखे ।

शपथ ग्रहणको कार्यक्रम सकिएपछि नवनियुक्त अध्यक्ष नेम्वाङले बुधबार नै पदभार ग्रहण गरेका थिए । कर्माछिरिङ शेर्पालाई हराउँदै एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित भएका हुन् ।