काठमाडौं – आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।


ADVERTISEMENT


यसैबीच योग दिवसका अवसरमा काठमाडौंको सुनधारास्थित धरहरालाई योगसम्बन्धी विभिन्न आकृतिले सजाइयो । नेपालस्थित भारतीय दूतावासले धरहरामा प्रकाशको माध्यमबाट योगसम्बन्धी आकृति प्रस्तुत गरेको थियो ।


ADVERTISEMENT

# # #


देशैभर योगाभ्यास तथा योगको महत्वबारे प्रवचन गरी  योग दिवस मनाइँदै आइएको छ। यस वर्षको अन्तराष्ट्रिय योग दिवसको नारा ‘मानवताका लागि योग’ रहेको थियो ।