काठमाडौं-घरेलु तथा साना उद्योग कार्यालयको भवनमा मुख्या निर्वाचन अधिकृतको कार्यालय छ । रोल्पा जिल्लाका १ सय ६० मतदान केन्द्रका सबै मतपेटिका यहीं कार्यालय परिसरका पाँचवटा कोठामा राखिएका छन् ।


ADVERTISEMENT


चार दिनदेखि कार्यालयको हलमा कामको चटारो निकै रह्यो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा खटिएका निर्वाचन कर्मचारीलाई मतगणना स्थलमा तारजाली लगाउन र सिसी क्यामेरा जडान गर्न खटनपटनमा भ्याईनभ्याई थियो । ‘तारजाली लगाउने र सिसी क्यामेरा जडानको काम सकियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कम्युटर अपरेटर रहेका हेमन्त खत्रीले भने ।


ADVERTISEMENT

# # #


काठको सिलिङ रहेको हलको आधा भागमा दलका उम्मेदवार र प्रतिनिधिले अवलोकन गर्न मिल्ने र मतगणना गर्ने भागकोबीचमा तारजाली लगाइएको छ । मतगणना दलका प्रतिनिधिले छुन नमिल्ने तर, हेर्न मिल्ने गरी तारजाली राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तहको चुनावको मतगणनाको बेला भरतपुर चितवनमा मत च्याटिएपछि अदालतले दलीय प्रतिनिधिले छुन नमिल्ने गरी मतगणना गर्न आदेश गरेको थियो ।

मत गणना हुने स्थलमा आठ वटा सिसी क्यामेरा समेत जडान गरिएको छ । दोस्रो चरणको निर्वाचन सकिने मंसिर २१ गते बेलुका पाँच बजेबाट मत गणना हुने गरी सबै तयारी गरिएको छ । प्रतिनिधि सभा, प्रदेश सभाका अलग अलग मत गणना हुने गरी व्यवस्थापन भइरहेको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । मत गणना सिसी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिने छ ।

यहाँ राप्रपा प्रजातान्त्रिक, राष्ट्रिय जनमोर्चा, एकीकृत राप्रपा राष्ट्रवादी, संघीय समाजवादी फोरम, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमुक्ति पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका उम्मेदवार पनि प्रत्यसी छन् । सबै उम्मेदवार र उनीहरुका प्रतिनिधि तारजाली बाहिर बसेर मत गणना अवलोकन गर्ने भएका छन् ।