काठमाडौं-डोपिङ प्रकरण(खेलका क्रममा प्रयोग गर्न नपाइने प्रतिबन्धित औषधी वा शक्तिवर्द्धक पदार्थ)मा दोषी भेटिएको भन्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले रसियन खेलाडीमाथी प्रतिबन्ध लगाएको छ ।


ADVERTISEMENT


प्रतिबन्धसंगै अर्को बर्ष दक्षिण कोरियाको प्योगचाङमा हुने विन्टर ओलम्पिकमा रसियन खेलाडीले सहभागीता जनाउन पाउने छैनन् । १७ महिना लामो अनुसन्धान पछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले कठोर निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


सन् २०१४ को ओलम्पिक खेलका दौरान रसियन खेलाडी डोपिङ टेष्टमा असफल भएपछि ओलम्पिक कमिटिले त्यसको छानबिन थालेको थियो । छानबिनका क्रममा उनीहरु दोषी पाईएपछि आईओसीले यस्तो निर्णय गरेको हो ।

त्यस्तै आईओसीले रसियन ओलम्पिक कमिटि पनि निलम्बन गरेको छ । यद्यपी आईओसीले निर्दोष खेलाडीलाई भने सहभागीताका लागि अवसर दिने जनाएको छ ।

उनीहरुलाई ओलम्पिक एथलेट् रसियाको नाममा आमन्त्रण गर्न सकिने कमिटिले उल्लेख गरेको छ ।

विन्टर ओलम्पिक सुरु हुन ६३ दिन बाँकी रहदा आएको निर्णयले ओलम्पिकको शक्तिशाली मुलुक रसियालाई ठुलो घाटा पुगेको छ ।