काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा विक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्रि गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले जानकारी दिए । जग्गा बिक्रि गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली छोरी खडा गरि नक्कली विवाद दर्ता प्रमाणपत्र समेत पेश भएको अनुसन्धानबाट खुलेको महत्तोले बताए ।

लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउ खोज्दा आफ्नो नाममा नभएको पाइएपछि व्युरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए ।

पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको व्युरोले जानकारी गराएको छ । पक्राउ परेका व्यक्तिहरुको बारे थप अनुसन्धान समेत भइरहेको व्युरोको भनाई छ ।