काठमाडौँ– नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले दुबईमा ‘बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर’ खोल्ने भएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईँले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।


ADVERTISEMENT


यसका लागि उक्त कार्यक्रममा दुबईका अधिराजकुमार सेख जुमा अल मुक्तुम र अस्पतालका कार्यकारी निर्देशक प्रसाईबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।


ADVERTISEMENT

# # #


चर्चित व्यवसायीको रुपमा समेत प्रख्यात प्रसाइँले कार्यक्रममा बोल्दै भने, ‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन् । ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौँ।’ उनले सम्झौताका बारेमा प्रस्टाउदै भने नेपालमा पनि प्रसोधनको फ्याक्ट्री राखेर त्यसबाट प्रशोधित पनि दुबई निर्यात गर्ने, त्यस्तै नेपाललाई विश्वमा चिनाउने विभिन्न वस्तुहरु कानुन अनुसार निर्यात गर्न मिल्ने वस्तुहरु निर्यात गर्नै सम्झौता गरिएको हो ।

सो कार्यक्रममा अधिराजकुमारले आफ्नो भनाई राख्दै आफु अहिले पारिवारिक भ्रमणमा आएको साथै दुर्गा प्रसाई आफ्नो राम्रो मित्र भएका कारण आफु नेपाल भ्रमणमा आएको र दुवै जनाको आपसी सहमति अनुसार सम्झौता गरिएको जानकारी गराए ।