विराटनगर– मोटरसाइकल चोरी गर्ने एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् । शनिवार साँझ मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक व्यक्तिलाई पेस्तोलसहित पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा बुढीगंगा–६ मोरङ घर भई सुनसरीको दुहवी–३ मा बस्ने विनोद चौधरी हुन् । उनलाई नियन्त्रणमा लिने क्रममा उनीबाट एक थान पेस्तोल पनि बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए। उनीमाथि थप अनुसन्धान भएको एसपी कोइरालाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार, मोटरसाइकल चोरीका केशहरुमा एक महिनामा चोरीका २१ थान मोटरसाइकलसहित १५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । चोरले आधुनिक प्रविधि अपनाएर बुलेट लगायतका मोटरसाइकल चोरी गर्ने गरेको पाइएको भन्दै उनले पक्राउ विनोदसहित सञ्जय र मुकुन्द चौधरी यसका नाइके भएको अनुसन्धानबाट खुल्न गएको जनाए ।