काठमाडौँ – नेपाली सेनाले अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)का लागि सन् २०१५ मा नै अनुरोध गरेको खुलासा भएको छ । सेनाले केपी शर्माओली पहिलो पटक प्रधानमन्त्री हुँदा नै १० कात्तिक २०७२ (२७ अक्टोबर २०१५)मा पठाएको पत्र सार्वजनिक भएको हो ।


ADVERTISEMENT


संविधान बनेपछि १२ अक्टोबर २०१५) मा ओली पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसको दुई हप्ताभित्रै नेपाली सेनाले एसपीपीका लागि पत्र पठाएको हो । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको उक्त पत्र नेपालका लागि तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई पठाइएको छ ।


ADVERTISEMENT

# # #


पत्रमा नेपालका लागि अमेरिकाको नेसनल गार्ड स्टेट पाटर्नरसिप प्रोग्राम (एनजीएसपीपी) स्थापना गर्न औपचारिक अनुरोध गरिएको छ । एसपीपीले द्विपक्षीय सैन्य कौशल र अनुभवको आदानप्रदान गर्न, रक्षा ज्ञान आदानप्रदान गर्न, पारस्परिक रूपमा लाभदायक सुरक्षा सम्बन्धलाई प्रवर्द्धन गर्न तथा विपद् तयारी र संकट व्यवस्थापनमा सहयोग पुग्ने पत्रमा उल्लेख छ ।

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर हुन लागेको र यो राष्ट्र हित विपरित भएको भन्दै संसद र राष्ट्रिय राजनीतिमा प्रश्न उठेको छ । जसमा सरकार र सेनाले एसपीपीमा नेपालले हस्ताक्षर नगर्ने बताइहेको थिए ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली प्रधानमन्त्री हुँदा नै एसपीपी कार्यान्वयन भएको बताएका थिए । तर, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबार प्रतिनिधिसभामा बोल्दै ओली प्रधानमन्त्री हुँदा एसपीसपी अघि बढेको प्रमाण पेश गर्न चुनौती दिएका थिए ।

 यता सेनाले कुनै पनि एसपीपीबारे सम्झौता र समझदारी नगरेको भविष्यमा पनि नगर्ने दाबी गरेको थियो । तर, पत्र सार्वजनिक भएसँगै खैलाबैला मच्चिएको छ ।