काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले २१ गते ४५ वटा जिल्लामा हुने हुने प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न आममतदाताहरुलाई आग्रह गरेका छन् ।
मंगलबार काठमाडौमा भएको साक्षात्कारमा यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन् ।


ADVERTISEMENT


उनले भने,‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, आममतदाताहरुको लागि सरकारले भरपर्दो सुरक्षा प्रवन्ध गरेको छ, म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु ।’ यद्यपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर घटाईएका घट्नाहरुप्रति खेद व्यक्त गरे । यादवले थपे,‘म यस्ता घट्नाहरुप्रति दुःख व्यक्त गर्दछु, आयोग घट्नाको भत्र्सना गर्छ ।’


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताए । उनले भने,‘निर्वाचनको तयारीको क्रममा व्यापक जनसहभागिता देखिएको छ, आममतदाताहरुमा उत्साह छ, यो निर्वाचनलाई हामीले त पर्वको रुपमालिएका छौं, त्यसैले दृढतापूर्वक मतदान गर्न म आह्वान गर्दछु ।’

यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जानकारी दिए । उनले भने,‘मतदाताहरुलाई परिचपत्र बाँड्ने कामदेखि लिएर अन्य व्यवस्थापकीय काम सम्पन्न भैसकेको छ, आयोग अहिले २४ सैं घण्टा स्ट्याण्डबाई अवस्थामा छ, जिल्लामा केही कठिनाई भए ती सबै समस्याहरु हलगर्नको लागि तयारी अवस्थामा बसेका छौं।’

आयोगकापदाधिकारीहरु निर्वाचनहुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमनगर्ने काममाव्यस्त रहेको समेत यादवले जनाए ।
मतदान सकिएलगत्तै सुरक्षिततवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धितकर्मचारीहरु तयारी अवस्थामा रहेको यादवले जनाए । त्यस्तै मतगणनाको लागिपनिआयोगले आवश्यकनिर्देशिकाजारी गरिसकेको पनिउनले स्पष्ट पारे । ‘आवश्यकनिर्देशिकामात्रै होईन, मतगणनाको लागिजनशक्तितयारी अवस्थामा छ, भुगोल र स्थान हेरेर उपर्युक्त ठाउँमा गणना गरिने जानकारी गराईन्छ’ उनले थपे ।

प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउनेगरि आयोगले निर्देशनदिएको पनि उनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्नानहोस् भनेर निर्वाचनअधिकृतलाई सिसिटीभी राख्नको लागिपनिनिर्देशनदिईएको उनको भनाई थियो । ‘मतगणना छिटोछरितो गर्नुपर्छ, यहीअनुसार हामीले केन्द्रबाट निर्देशनजारी गरिसकेका छौं’ यादवले भने ।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यानदिनुपर्ने उनको आग्रहथियो । उनले थपे,‘मौन अवधि सुरु भैसकेको छ, उम्मेद्धवारदेखि लिएर अरु सबैले पालनागर्नुपर्छ, सञ्चारमाध्यमले पनिपालनागर्नुपर्छ, म आँफै स्वयम् कार्यालयबाट घर जाने क्रममा बाटोमा देखिएकानिर्वाचनप्रचारका सामाग्रीहरु समेत हटाउने गरेको छु, तपाईहरुले पनि यहाँ उपत्यकामा भएका पत्रकार साथीहरुले यो विषयमा विशेष ध्यानदिनुपर्यो ।’