काठमाण्डौं-गत वर्षहरूको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गत वर्षभन्दा ५ प्रतिशतले वृद्धि भएको छ ।


ADVERTISEMENT


गत वर्षको तुलनामा यस वर्ष ३ हजार २ सय २४ टन धान उत्पादनमा वृद्धि भएको हो । १६ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाएको वर्षे धानको उत्पादन गत वर्ष ६४ हजार ४ सय ९८ टन उत्पादन भएको थियो भने यस वर्ष ६७ हजार ७ सय २२ उत्पादन भएको छ ।


ADVERTISEMENT

# # #


कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले नियमित वर्षा भएसँगै धान रोपाइँमा उत्साह छाएका कारण किसानहरू यतिबेला सोचेजस्तै धान उत्पादन भएको प्रति खुसी रहेको बताए ।

कार्यालयका अनुसार यहाँको आँधीखोला, कालीगण्डकी, ज्याग्दीखोला किनार, गल्याङ, चापाकोट, वालिङ, पुतलीबजार र भीरकोट नगरपालिका, आँधीखोला, बिरुवा, हरिनाश, कालीगण्डकी, अर्जुनचौपारी गाउँपालिकालगायत स्थानहरू धान उत्पादन हुने पकड क्षेत्र मानिन्छन् ।