काठमाडौं – गायिका कुन्ती मोक्तान दम्पतीलाई अमेरिकामा सरकारी सम्मान प्राप्त भएको छ ।  लगभग दुई सय जना दर्शकको उपस्थिति  रहेको भर्जिनियाको मनासस्मा आयोजित कुन्ती मोक्तान साँझले ऐतिहासिक सफलता पाएको छ । सोही साँझमा मोक्तान दम्पतीलाई  सरकारी सम्मान प्राप्त भएको हो ।


ADVERTISEMENT


अमेरिकाको मेरिल्याण्ड स्टेटका सांसद ह्यारी भण्डारी मुख्य अतिथि रहेका उक्त कार्यक्रम रुषाज् ईन्टरप्राईजेजले आयोजना गरेको थियो । टेलिभिजनका सफल उद्घोषक सरोज केसीले संचालन गरेको उक्त कार्यक्रममा रुषा केसीले उदिघोषणमा सहयोग गरेका थिए ।


ADVERTISEMENT

# # #


कार्यक्रममा वरिष्ठ संगितकार शिला बहादुर मोक्तानले पहिलो पटक आफ्नै स्वरमा गी गाएका थिए । कार्यक्रममा नायिका पुजा चन्द लोक गायक राम प्रसाद खनालले समेत उपस्थिती जनाएका थिए ।

समारोहमा मेरिल्याण्ड राज्यको तर्फबाट सासंद ह्यारी भण्डारीले र अन्तराष्ट्रिय कलाकार सॅघका तर्फबाट संस्थापक अध्यक्ष राम प्रसाद खनालले मोक्तान दम्पतिलाई सम्मान पत्र प्रदान गरेका थिए ।

यस्तै, कार्यक्रममा  पछिल्लो पुस्ताकी गजल गायिका १३ बर्षकी ईसान्भी मिश्रले गीत र सरिसा अधिकारीले चोली राम्रो गीतमा डान्स प्रस्तुत गरेका थिए ।