काठमाडौं – स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बागमती प्रदेशमा उल्लेख्य उपलब्धी हासिल गरेको छ । बागमती प्रदेशको मत परिणाम अनुसार अहिले कांग्रेसले ११९ पालिका मध्ये ५८ वटा तहको नेतृत्व हात पारेको छ ।


ADVERTISEMENT


त्यस्तै ७४ गाउँपालिका मध्ये कांग्रेसले ३४ वटा गाउँपलिकामा नेतृत्व प्राप्त गरेको छ भने ४५ नगरपालिका मध्ये २४ वटामा नेतृत्व हात पारेको छ । प्रतिशतका हिसाबले कांग्रेस एक्लैले यो प्रदेशमा ४८.७ प्रतिशत नेतृत्व हात पारेको छ । यो अघिल्लो निर्वाचनको तुलनामा उल्लेख्य उपलब्धी हो ।


ADVERTISEMENT

# # #


अघिल्लो निर्वाचनमा जम्मा ३५ स्थानमा खुम्चीएको कांग्रेस यो निर्वाचनमा ५८ तहमा जित हासिल गर्न सफल भएको हो । अघिल्लो निर्वाचन भन्दा यस निर्वाचनमा नेपाली कांग्रेसले २३ तह बढीमा नेतृत्व हात पारेको हो । कांग्रेसको कमजोर क्षेत्र मध्ये मानिने यो प्रदेशमा कांग्रेस अहिले निकै बलियो भएको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ आफुले सोचे जस्तै परिणाम प्राप्त गर्न सकिएको बताउँछन् ।

२०७४ को निर्वाचनमा नमिठो सँग खस्कन पुगेको कांग्रेस यो प्रदेशमा पार्टीको प्रदेश अधिवेशन पछि अलि तङ्ग्रिएको थियो । सत्ता गठबन्धनबीच नै कतिपय नगरपालिका गाउँपालिकामा तालमेल गर्ने अवस्था नभएपछि सभापति बानियाँले कतिपय स्थानमा हस्तक्षेप नै गरेर तालमेल गराउँदै टिकट वितरण गरेका थिए ।

२०७० अघि मकवानपुरमा कांग्रेसको राज्यसत्तामा उपस्थिति शुन्य जस्तै रहेको बेला बाानियाँ कार्यकारी भुमिकामा आईसकेपछि आमुल परिवर्तन गराएका थिए । त्यहि संगठन गर्ने क्षमताका आधारमा पनि बागमती प्रदेशमा परिणाम सुखद आउने उनि निकटहरुको निर्वाचन पहिला नै अपेक्षा थियो । स्थानीय तह निर्वाचन अघिको एक संवादमा बानियाँले खबर निरन्तरसँग भनेका थिए ‘११९ मध्ये ६० वटा पालिका जिताउन सकिए ठुलो उपलब्धी हुन्छ ।’ त्यो प्रक्षेपण अहिले आएर मिलेको छ । नगरपालिका तर्फका २४ र गाउँपालिका तर्फका ३४ मा कांग्रेस नेतृत्वमा छ । यसको कुल संख्या ५८ हो । समग्रमा यो प्रतिशतका हिसाबले करिब ४९ प्रतिशत हो ।

यसपटक कांग्रेसले लामो समय जित हाँसिल गर्न नसकेको मकवानपुर उपमहानगरपालिकामा उपमेयर सहित आफ्नो कमजोर संगठन रहेका जिल्लाहरु धादिङ, सिन्धुली, दोलखा लगायतको स्थानमा बलियो उपस्थिति गराएको छ । प्रदेश सभापति बानियाँले यस पटकको निर्वाचनलाई आफ्नो प्रष्ठिासँग नै जोडेर हेरेका थिए । उनले जसरी मकवानपुरमा संगठन बनाए, उही शैलीमा बागमती प्रदेशभर दौडाह बढाए । पार्टीमा पद लिने तर काम नगर्ने प्रवृतिलाई तोड्दै बानियाँ प्रदेश सभापति भए लगत्तै प्रदेश भर गुमेका थिए । कतै राहत त कतै संगठन सुदृढीकरण अभियान नै चलाए । जसका कारण अहिले परिणाम आउन सहज बन्यो ।

कतिपय स्थानमा कांग्रेस एक्लै प्रतिस्पर्धामा पनि छ । नगरपालिका संघका महासचिव एंव नीलकण्ठ नगरपालिका धादिङकाका प्रमुख भीम ढुंगाना बागमती प्रदेशमा कांग्रेसको परिणाम सुखद आउनुई बागमती प्रदेशको कार्यसमितिको कुशल नेतृत्वले हो भन्छन् । ‘यसपालीको परिणामको जस सम्माननीय प्रधानमन्त्रीलाई नै जान्छ ।’ उनले खबर निरन्तरसँग भने ‘बागमती कांग्रेसका लागि कमजोर नै ठाउँ हो, प्रदेश सभापतिको मेहनतले सबै जिल्लामा राम्रो रिजल्ट आएको छ, कतिपय स्थानमा प्रदेशले नै हस्तक्षेप गरेर गठबन्धन गराउनु पर्यो सायद त्यसो नगरिएको भए, यो खालको परिणाम नआउन पनि सक्थ्यो ।’ उनले प्रदेश सभापतिको कामको खुलेर प्रसंसा गरे । उनले अब जनप्रतिनिधिले आफुले जनतासँग गरेका बाचा पुरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस प्रदेश सभापति बानियाँले भने आफु यो पाँच वर्ष संगठन गरेर अर्को निर्वाचनमा एक्लै लड्दा पनि कांग्रेसलाई प्रष्ट बहुमतमा पुर्याउने लक्ष्यका साथ संगठन निमार्णमा लागेको बताए । ‘म सबै जिल्लाका वडा वडा पुगेर संगठन गर्छु, पार्टीका साथिहरुलाई परिचालन गर्छु । ’ उनले भने ‘पार्टी भित्र तेरो मेरो नगर्ने र जनताको मुद्धालाई प्राथमिकतामा राखेर काम गर्ने हो, कामले आफैं परिणाम दिन्छ ।’ उनले प्रदेश कार्यसमिति आएको छोटो समयमा नै निर्वाचन परेकाले संगठन निमार्णमा अझै प्रयाप्त ध्यान दिन नसकेको भन्दै अब कार्यतालिका बनाएर काम गर्ने समेत प्रष्ट गरे ।

कांग्रेसले बागमतीका वडाहररुमा पनि राम्रो जित हात पारेको छ । वडामा कांग्रेस एक्लै निर्वाचन प्रतिस्पर्धामा थियो । करिब ४६ प्रतिशत वडामा कांग्रेसले एकल जित हाँसिल गरेको हो । ‘वडाको परिणाम हेर्दा अहिले नै हामी करिब करिब पचास प्रतिशत नजिक छौं । ’ बानियाँले भने ‘अब प्रदेश र संघको चुनाव सम्म एकल बहुमत प्राप्त गर्ने गरी जनताको मन जित्ने अभियानमा छौं ।’ उनले आफु अहिले नै एकल चुनाव लड्ने पक्षमा भने नरहेको प्रष्ट गरे । ‘परिणामले त उत्सायित बनाएको छ, तर गठबन्धन कायम राखेर एक पटक प्रदेश र संघको निर्वाचन गर्नुपर्छ । ’ उनले थपे ‘कांग्रेस बरु धोका खान्छ, धोका दिंदैन भन्ने कुरालाई पनि पुष्टी गर्न एक चुनाव गठबन्धन गरेरै जाने हो ।’