काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय नेता तथा पूर्व स्वस्थ्मन्त्री गगन कुमार थापालाई वम प्रहार गरेको घटनाप्रति विभिन्न पार्टीका नेता कार्यकर्ताले दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले पनि उक्त घटनाप्रति खेद व्यक्त गरेका छन् । उनले भनेका छन्,‘नेपाली कांग्रेस काठमाडौं–४का उम्मेदवार गगन थापा र उनका समर्थकमाथि भएको आक्रमणको निन्दा गर्दछु । यो कांग्रेसविरुद्ध मात्र नभई लोकतन्त्र र जनताको मतदान अधिकारमाथिकै प्रहार हो । यस्ता कृत्यमा संलग्न हुनेलाई कडाभन्दा कडा कार्वाही गर्ने प्रतिवद्धता पुनः व्यक्त गर्दछु ।’


ADVERTISEMENT

# # #


कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, ‘लोकतन्त्रलाई समाप्त पार्ने ढंगले कांग्रेस र लोकतन्त्रको पक्षमा उलँदो जनलहरबाट अत्तालिएर दिनानुदिन कांग्रेसका नेता तथा कार्यकर्तालाई लक्षित गरेर त्यस्ता घटना घटाइएको हो ।’

त्यस्तै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बम पड्काउनेलाई काँतरको संज्ञा दिँदै अपराधीलाई शिघ्र कारबाही गर्न माग गरेका छन् ।

यस्तै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दोषिलाई कडा कारबाही गर्न माग गर्दै निर्वाचनमा मतदातालाई भयरहित भइ भोट हाल्ने वातावरण बनाउन सरकारसंग माग गरेका छन् ।