नेपालमा बीमा कार्यक्रम शुरुआतीले ७१ वर्ष काटिसकेको छ । यद्यपि आजका दिनसम्म पनि थोरै मात्रै जनसंख्या यस कार्यक्रममा आबद्व भएको देखिन्छ । विभिन्न कार्यक्रम एवम् जनचेतनाका बाबजुद पनि यहाँका सर्वसाधारणलाई बिमा योजनाप्रति त्यति विशेष रुचि उब्जिएको भने देखिदैँन । तर, यसैबीच नेपाल इन्स्योरेन्सका पूर्व उपप्रमुख अधिकृत विक्रान्त पाण्डे भने नयाँ बीमा कम्पनी सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् । तसर्थ नेपाली बीमा क्षेत्रको वर्तमान अवस्था एवम् बीमा क्षेत्रमा परिवर्तन ल्याउने उनको जमर्काेको  विषयवस्तुसंग अन्र्तनिहित भएर हिमालय पोष्टले गरेको कुराकानीको सम्पादित अंश : 


ADVERTISEMENT


तत्काल अहिले  केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


बजेट निमार्णका क्रममा बीमा कम्पनीहरुका लागि र सबैका लागि बीमा हुनुपर्छ भनेर केहि समयदेखि निकै व्यस्त भए । बीमा गर्नु सबैको लागि आवश्यक कुरा हो । यसले हरेक व्यक्तिलाई सुरक्षा प्रदान गर्दछ । बजेटमा पनि बीमा कम्पनीहरुलाई सहुलियत दिने घोषणा भएको छ । यसले नयाँ र साना बीमा कम्पनीहरु पनि बजारमा प्रशस्त आउने वातावरण बनेको छ । हामीले पनि साउन महिनादेखि बीमा कम्पनी सुरु गर्नुपर्छ भन्ने सोचेका छौं । यसका लागि दौडधुपमा लागिरहेको छु ।

नयाँ सञ्चालनमा ल्याउने भनिएको कम्पनी कस्तो हुनेछ ? त्यसबारे अलिकति प्रष्ट पारिदिनुस् न !

‘इन्स्योरेन्स फर अल’ भन्ने मुल नाराका साथ ल्याउन लागिएको उक्त कम्पनीको नाम ‘नीयोलाइट माइक्रो’ नामाकरण गर्ने हाम्रो सोच छ । पुतलीसडकका तुलनामा बानेश्वर बढी उपयुक्त हुन्छ कि भन्ने हाम्रो पूर्वानुमान छ । त्यसैले यसको हेड अफिस पुतली सडक वा बानेश्वरमा हुनेछ । साथीहरु अहिले बाहिर जानुभएको छ । उहाँहरु फर्किएपछि एकखालको कार्यविधि बनाउने काम गर्नुछ । कार्यविधि बनाउनेबित्तिकै हामी अघि बढिहाल्छौं । बजेट मार्फत् लघु बिमाको लागि अर्थमन्त्रीले जुन कदम चाल्नुभयो त्यसका लागि धन्यवाद दिनुपर्छ ।

लघु बीमा कम्पनीले काम गर्ने धेरै स्थानहरु हुन्छन् । तसर्थ सेवाग्राहीलाई सेवा दिन लघु बीमा कम्पनीहरुले अहम् भूमिका खेल्न सक्छन् भन्ने मेरो ठम्याइ छ । लघु बीमा कम्पनीहरुले व्यक्तिका बीमाका साथै पशु बीमा, स्वास्थ्य बीमा, मझौला उद्योगका बीमा गर्न सक्छन् । विश्व बजारको तुलना गर्ने हो भने त अहिले नेपालका सबै बीमा कम्पनीहरु माइक्रो नै हुन् । अहिले नेपालमा यसको आयमलाई बढाउनुपर्ने अवस्था छ । बजेट मार्फत जे कुरा आयो त्यसले बीमासम्बन्धी काम गर्न चाहनेहरुलाई उत्साहित बनाएको छ ।

इन्स्योरेन्स प्रिमियम बढ्यो भने देश जनता र कम्पनीहरु सबैलाई फाइदा हुने कुरा हो । जनताको सुरक्षासँग जोडिएको कुरा भएकाले यसलाई हामीले बढाउँदै लानुपर्छ । लघु बीमाहरु पिछडिएर बस्न हुँदैन । लघु बीमाहरुले बीमाको औचित्य के हो भन्ने समेत प्रकाश पार्न सक्छ ।

नेपालमा बीमा कार्यक्रम सञ्चालनको लामो समय बितिसक्दा पनि यसले पाउनुपर्ने उचाई नपाएकोजस्तो देखिन्छ ? यसलाई कसरी लिनुहुन्छ ?

यो राष्ट्रमा बस्ने सबै नागरिकलाई बीमा आवश्यक छ भन्ने मेरो पहिलेदेखिकै अडान छ । र, यो विस्तारै पूरा हुँदै जानेछ भन्ने मेरो विश्वास छ ।

गाउँगाउँमा गएर माइक्रो इन्स्योरेन्सका रुपमा काम गरेर कम्पनीहरुले काम गर्न सकेको खण्डमा देशको अर्थतन्त्र र जनताको सुरक्षामा पनि टेवा पुग्ने थियो भन्ने मेरो बुझाइ छ । यसरी काम गर्दै जाँदा सेवाको गुणस्तर पनि बढ्ने छ । विस्तारै यस्तो कदमले डेभलमेन्ट बैंकहरु कमर्सियल बैंक भए जस्तै गरी बीमा कम्पनीहरु ठूला हुँदै जान्छन् ।

देशको अर्थतन्त्र पनि मजबुत हुँदै जान्छ । आजको अवस्थामा बीमा गर्नु आवश्यकता नै भएर आएको पनि छ । यसले सुरक्षा प्रदान गर्छ भन्ने मेरो विश्वास छ । र, आमव्यक्तिले पनि ढिलोचाँडो यसको महत्व बुझ्नुहुन्छ भन्ने मलाई लाग्छ ।

नेपालमा बीमालाई बुझाउन नसकिएको अवस्था हो ?

बुझाउन नसकिएको पनि हो । त्यसैगरी आर्थिक रुपमा कमजोर भएको समाजले सुरक्षा चाहिन्छ भन्ने महशुस गर्दैन । अल्पविकसित र विकाशशील सबै मुलुकका यस्ता समस्या छन् । हाम्रोमा पनि छ । विकसित मुलुकमा बिमाका कुरा सरकारले नै चलाइरहेका छन् । अमेरिकामा ओबामा केयर, त्यसैगरी बाइडेनले हेल्थ केयर भनेर बीमाका कामलाई अघि सारेको उदाहरण छ । हाम्रोमा गाँस बासका कुरा बिकिरहेका छन् ।

तसर्थ समाज आर्थिक रुपमा बलियो भयो भने सुरक्षा खोज्न थाल्ने हो । सुरक्षा बीमाबाट सम्भव छ । समाज विकसित हुँदै गएपछि बीमाको पहुँच पनि विस्तार हुन्छ । हामीले यसैका लागि काम गर्न लागेको हो । बीमालाई हाम्रो सरकारले पनि प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा राख्ने कामचाँहि समाजको आर्थिक अवस्था र राष्ट्रको आर्थिक अवस्था मजबुत भएपछि मात्र सम्भव हुन्छ ।

नेपालमा बीमा गर्नुपर्छ भन्ने भावनाको स्वः स्फूर्त इच्छा जनतामा कहिले आउँछ त ?

यो क्रमिक रुपमा हुने कुरा हो । अहिले चालिस प्रतिशत मानिस बीमाको दायरामा समेटिनु पनि ठूलो कुरा हो । मैले अघि पनि भने नि समाजको आर्थिक अवस्था मजबुत हुँदै गएपछि बीमाको पहुँच बढ्छ । हाम्रो समाज विकासको क्रममा छ । विस्तारै हुँदै जान्छ । सम्पन्नताले नै सुरक्षा खोज्ने हो । हामी यसका लागि सकारात्मक हुनुपर्छ । नेपालीहरु सक्षम पनि हुँदै गएका छन् र सुरक्षा पनि खोजिरहेका छन् । यो एकैपटक हुने कुरा नै होइन । सबै नागरिक विस्तारै बीमाको पहुँचमा समेटिनेछन् भन्ने मेरो बुझाइ हो । सकारात्मक भएर काम गर्दै जाँदा हामी अवश्य पनि सबैका लागि बीमा भन्ने कुरा प्राप्त गर्न सक्छौं । कसरी अझै राम्रो गर्ने भन्ने कुरामा हामी केन्द्रित हुन जरुरी छ । मियो लाइफ माइक्रोको योजना पनि यही हो ।

समग्रमा बीमालाई कसरी बुझाउनुहुन्छ ?

समग्रमा बीमा भनेको दुःखको साथी हो । सुखमा त सबै साथी हुन्छन् । दुःखका बेलाचाँहि बीमा नै साथी हो । बैंकहरुले किस्ता नतिरेको खण्डमा एक्सन लिने सम्भावना हुन्छ भने बीमाले दुःखका बेला मल्हम लगाउने काम गर्दछ । नेपालमा बीमा गर्ने प्रचलन र चेतना अझै बढिसकेको छैन । यो कुरालाई हामीले बुझाउन जरुरी छ ।

बीमा कम्पनीले ठोक्किँदा मर्दा पर्दा लड्दा दुःखको साथी भएर सघाइरहेको हुन्छ । अप्ठेरे अवस्थामा साथ दिने भएको हुँदा बीमा एकदमै आवश्यक कुरा हो । सुखका बेला आफूसँग भएको बेला त कसैले सघाइदियोस् भन्ने पनि पर्दैन । अनि दुःखका बेला सघाउन कोही र केहि त चाहियो नि !

तसर्थ नीयोलाइट माइक्रोबाट म बिक्रान्त पाण्डे के घोषणा गर्न चाहान्छु ? भने सबैको लागि बीमा हुनुपर्छ । नेपालीहरुले ‌संवैधानिक रुपमा नै बीमाको सुरक्षा पाउनुपर्छ । नेपालीले ‌संवैधानिक रुपमा नै बीमाको सुरक्षा नपाएसम्म म यसका लागि लागिरहन्छु । यसबाट रोजगारी पनि सिर्जना हुन्छ । हजारौं मान्छेलाई रोजगारी दिने मियो लाइफ माइक्रोको योजना छ । अहिले समग्रमा बीमा कम्पनीहरुले ३० ४० प्रतिशत जनतालाई बीमाको दायरामा समेटिरहेका छन् । भविष्यमा सय प्रतिशत जनतालाई बीमाको दायरामा समेट्नुपर्छ ।

बीमाको पहुँच कस्तो देख्नुभएको छ ?

सरकारले ४० प्रतिशत जनताको बीमा भएको बताइरहेको छ । यसमा पनि कति जीवन बीमा होला, निर्जिवन बीमा होला, विभिन्न पलिसीमा गरिएको होला । नेपालीहरुले बीमालाई कुन रुपमा हेरेका छन् भन्ने पनि हो । उहाँहरुको बुझाइ अझै पनि छर्लंग भएको छैन । कर र बाध्यताका कारण भएका बीमा पनि होलान् । हामीले बीमालाई आवश्यकता हो भनेर महसुस गराउनु छ । आवश्यकता महसुस भएपछि मागको सिर्जना हुने हो ।

अन्त्यमा, बीमाका शीर्षकहरुलाई कसरी समेट्ने योजना बनाउनु भएको छ ? बताइदिनुस् न !  

नेपाल कृषि प्रधान देश हो । कृषि बीमालाई पनि समेट्नुपर्छ । जसले कृषको आँशु पुछ्न मद्दत गर्दछ । स्वास्थ्य समस्याले लाखौं रकम खर्च गर्नुपर्ने समयमा स्वस्थ्य बीमाले मल्हम लगाउन सकिन्छ । सबैभन्दा ठूलो जरुरी नै म स्वास्थ्य बीमाको देख्छु । दुर्घटना बीमा, लघु उद्योग बीमा, चोपायाहरुको बीमा यी शीर्षकमा केहि काम गरिदिन पाए नेपालीहरुले सुख पाउने थिए भन्ने मलाई लाग्छ ।