काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज बिहानै सिसडोल पुगेका छन् । बालेन र सुनिता संयुक्त रुपमा बिहानै काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल पुगेर संयुक्त रुपमा त्यहाँको अवलोकन गरेका हुन् ।


ADVERTISEMENT


स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने आश्वासन दिएका छन् । केमिकल हालेपछि दुर्गन्ध हट्न कम्तिमा हप्ता दिन लाग्ने बताउँदै उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’


ADVERTISEMENT

# # #


यस्तै, उनले फोहोर व्यवस्थापनको विकल्प स्वरुपः फोहोरबाट मल बनाउने र ड्रिल गरेर ग्यास निकाल्ने योजना समेत सुनाए । यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने उनको भनाई छ ।

यस्तै, उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने समेत बताए ।